अबको लडाई गरिबीको अन्त्य गर्ने लडाई: उम्मेदवार लामिछाने

पाेखरा | कात्तिक २८, २०७९

अबको लडाई गरिबीको अन्त्य गर्ने लडाई: उम्मेदवार लामिछाने

 

पोखरा: नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिबी विरुद्धको लडाइँ रहेको बताएका छन् । पोखरा २१ लेवाडेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 


उनले देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला आएको उनको भनाई छ । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनले बताए । राजनीतिक परिवर्त भयो । अब विकास र समृद्धिका लागि काम गर्ने हो ।’ एमाले तर्फ संकेत गर्दे उनले भने, ‘यहीबेला एउटा शक्ति परिवर्तन उल्ट्याउन लागिपरेको छ । संसद विघटन गर्ने र प्रतिगामी शक्तिसंगको साँठगाठले यसलाई पुष्टि पनि गरेको छ । उनीहरुको चलखेल रोकेर अब विकास र समृद्धि तर्फ अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’


उम्मेदवार लामिछानेले विपन्न हकको लागि आफूले काम गर्ने बताए । उनले आफूहरु जनताको असल साथी बनेर आएको चर्चा गर्दै तीन वर्षभित्र वर्ष भित्र खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यबाट पाउने सेवा सुबिधा नलिई गरिब र उत्पिडितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । 


कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सदस्य खड्क बहादुर नेपाली दलित अहिलेसम्म पार्टीको लागि भर्याङ भएको बताए । उनले बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा नपुगेको उल्लेख गरे । उक्त अवसरमा एमाले पार्टी परित्याग गरि विभिन्न १५० जना स्थानीय माओवादीमा प्रवेश गरकेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् । 


यसैबीच कास्की २ मा गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तीव्ररुपमा अगाडि बढेको छ । अहिले पोखरा १५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २(१) मा प्रदेशसभा सदस्य उम्मेदवार विश्वप्रकास लामिछानेसहित गठबन्धनका नेता कार्यकर्ता घरदैलामा छन् । 


पोखरा ८ मा गठबन्धनको तर्फबाट कास्की २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेवदवार विन्दु कुमार थापासहित गठबन्धन दलका उम्मेदवार घरदैलोमा रहेका छन् ।
 

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्